राष्ट्रलाई हजार मुर्ती दिने घोषणा गरेका मुर्तिकार मन्जुल भन्छन्–मुर्ती राख्ने ठाउ भएन

-लोकनाथ रिजाल

दमक / राज्यले के दियो भन्दा पनि राज्य लाई केही दिनुपर्छ भन्ने महान सोचका साथ अघि बढेका मुर्तिकार मन्जुल मितेरी यतिबेला पिरलोमा परेका छन् ।

राज्यका लागि एक हजार मुर्ती बनाएर दिने घोषणा गरेका मन्जुलको पिर यतिबेला मुर्ति बनाउनमा नभई बनाएका मुर्तिहरु राख्ने ठाउ नहुदा बढेको हो ।

हाल उनको परिवार उर्लाबारी–६ मा डेरामा बस्दै आएको छ । त्यहि बाट मुर्ति निर्माण कार्य समेत भईरहेको छ । बनाएर राखिएका मुर्तीहरु राख्ने ठाउ नहुदा यतिबेला पानीमा पौडी खेली रहेका छन् ।

बनाईएका मुर्तिहरु छरपष्ट अवस्थामा रहेका छन् । त्यस्तै अन्य मुर्तीहरु उर्लाबारीमा रहेको एन के प्लाजामा २ वटा कोठा भाडामा लिएर मुर्ती संग्राहलयमा राखिएको छ । महिनाको आठ हजार रुपैया तिरेर मुर्ती संग्राहलय खोले पनि त्यहा समेत मुर्ती राख्ने ठाउको अभाव देखीएको हो ।

मुर्ती राखिएको घरधनी संग मंशीर सम्मको संझौता भएको र घरधनीले समेत कोठा खाली गर्न अनुरोध गरेपछि झनै समस्या परेको मन्जुलकी श्रीमती कौशीला राईले बताईन् । उनले पानीमा डुबिरहेका मुर्ती तिर देखाउदै भनिन्– ‘ बनाएर राखेका मुर्तीहरुको त यस्तो बिजोग भएको छ फेरि संग्राहलय बनाएर राखेको घरधनीले मंशिर सम्ममा कोठा खाली गर्नु भन्नु भएको छ ।

अब ती मुर्तीहरुलाई कता राखु म । ’ छोराले मरि मरि दुःख गरेर बनाएको मुर्तीहरु राख्ने सुरक्षित स्थान नहुदा चिन्ता लाग्ने गरेको उनकी आमा सरीता राईले बताईन् ।

डेरा भाडामा बसिरहेको मन्जुलको परिवारले त्यहिको बारीमा मुर्तिहरु राखेका छन् । मुर्तीहरु पानीमा डुबेको अवस्थामा छन् । केही मुर्तीहरु लाई प्लाष्टिकले छोपेर राखिएको छ । एक हजार मुर्ती राज्यलाई दिने घोषणा गरेका मन्जुलले अहिले सम्म १८० वटा मुर्तिहरु तयार गरिसकेका छन् ।

अन्य बनिने क्रममा रहेका छन् । यसरी बनाईदै गरेका मुर्तीहरु थपिदै जाने हुदा त्यसका लागि पछि झनै ब्यवस्थापन गर्न गाह्रो हुने अवस्था रहेको मन्जुलले बताए । उनले आफुले यसरी एक हजार मुर्ती बनाईरहदा राज्यले आफुलाई कुनै तलब भत्ता र सुबिधा दिनु नपर्ने समेत बताए ।

आफ्नो पनि आर्थिक अवस्था कमजोर रहेको भन्दै उनले आफुलाई मुर्ती निर्माणका लागि आवश्यक ढुंगा, औजार र संरक्षणस्थलको ब्यवस्था गरेर राज्यले सहयोग गर्दिए आफ्नो मनोबल बढ्ने समेत बताए । ‘ हजार मुर्ती राज्यलाई दिने मेरो सपना हो । सबै पक्ष बाट सहयोग मिले मेरो सपनाले आकार लिने थियो– उनले भने । ’ आफुले बनाएको मुर्तीहरु राख्ने उपयुक्त ठाउ समेत नहुदा मनमा परि परेको उनले बताए ।

उनले राज्यका लागि दिन भनेर बिभिन्न प्रसिद्ध ब्यक्तिहरुको मुर्ती बनाईरहेका छन् । उनको काममा उनकी धर्मपत्नी कौशिलाले समेत सहयोग गरिरहेकी छिन् ।

मन्जुल हाल आफ्नो हजार मुर्तीको सपना पुरा गर्नकै लागि भनेर नेपाली टोलीको नेतृत्व गर्दै जापानमा मुर्ती बनाउन पुगेका छन् । उनी नभएको बेला उनको यस अभियानमा बाधा नहोस् भनेर उनकी श्रीमतीले मुर्ती बनाउने काममा सहयोग गरिरहेकी छिन् ।

आइतवार, भदौ १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार