दुर्घटनामा बालकको मृत्यु

धादिङ, २३ माघ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आज साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नंको माइक्रोबस र ना५ख २९२० नंको ट्रक एकआपसमा ठोक्किएर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पताल तथा अन्यको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ ।

सोमवार, माघ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार